रामेछापमा प्रजिअ केसीको ‘एक्सन’ कार्यालयमा अनुपस्थित कर्मचारीलाई स्पष्टिकरण



२९ वैशाक, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जिल्लास्थित सरकारी कार्यालयको अनुगमन गरेकी छिन् । कार्यालय समयमा कर्मचारी नभेटिने गरेको गुनासको आएपछि आइतवार प्रजिअ केसीले चार वटा सरकारी कार्यालयहरुको अनुगमन गरेकी हुन् ।


वन कार्यालय, कारागार, भू–संरक्षण र रामेछाप नगरपालिकामा अनुगमन गर्दा ४२ जना कर्मचारी अनुपस्थित रहेको पाइएको प्रजिअ केसीले रामेछाप न्युजलाई जानकारी दिइन ।

उनका अनुसार अनुपस्थित हुने कर्मचारीमाथि नियम अुनसार कारवाही प्रक्रिया अगाडि बढाइनेछ । त्यसैगरी पोशाक र परिचयपत्र अनिवार्य रुपमा लगाउन पनि प्रजिअ केसीले कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्