विपदमा सहयोगी बन्दै बीमाः श्रीमान गुमाए पनि नेपालीले पाइन १३ लाख



३० वैशाक, रामेछाप ।
अहिले पनि समाजमा बीमा किन गर्ने ? के हुन्छ र ? भन्ने मान्यता कायमै छ । तर बीमा गर्दा विपदको बेलामा ठूलो साथ दिन्छ भन्ने पक्ष भने नागरिकहरुले ख्याल गर्न सकेका छैनन् । पछिल्लो समय बीमा किन गर्न भन्ने मानसिकता विस्तारै हटदै जान थालेको छ ।

जीवन बीमा गर्दा यदी कुनै कारणले मानविय क्षति भएको अवस्थामा मृत्युपछि पनि परिवारले सहज रुपमा जीविर्कोपाजर्न गर्न सक्छन । त्यसको उदाहरण सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड रामेछापले दिएको छ । उक्त बीमा कम्पनीले उमाकुण्ड गाउँपालिका–३ की सीतामाया नेपालीलाई बीमा रकम प्रदान गरेको छ । नेपालीका श्रीमान केदार सुनामको गत माघ १८ गते मृत्यु भएपछि उनको श्रीमातीलाई १३ लाख रुपैयाँको चेक प्रदान गरिएको हो ।

मृतक सुनामले वैदेशिक रोजगारीमा जाँदा सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा ३९ सय २४ रुपैयाँमा म्यादी बीमा गरेका थिए । उनी ६ महिना युएई बसेर नेपाल फर्र्किएको केही महिनामै उनको मृत्यु भएको थियो ।

केहि दिन अघि मृतककी श्रीमती नेपालीलले वीमा रकम दावी गरेकी थिइन । उनको दावी अनुसार सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड रामेछापका प्रवन्धक सनत सत्यालले आज सितामाया नेपालीलाइ विमा रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । बीमा रकमको चेक लिँदै नेपालीले आफुले विना झन्झट रकम प्राप्त गरिएला भनेर सोच्दै नसोचेको तर यसरी सहज रुपमा रकम पाउँदा आफुलाई बीमाप्रति विश्वास बढेको बताइन । अब गाउँका सबै मानिसहरुलाई बीमाको महत्वको बारेमा बुझाउन लागी पर्ने उनले बताइन ।

प्रतिक्रिया दिनुहोस्