स्वर्गीय पत्रकार केसीको सम्झनामा छोरीद्धारा शैक्षिक सामाग्री वितरण



३१ वैशाक, रामेछाप ।

रामेछापका स्वर्गीय पत्रकार राजकुमार केसीको सम्झनामा विद्यार्थीलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । राजकुमारकी छोरी उमा केसीले बुबाको सम्झनामा कालिका देवी माध्यामिक विद्यालय देउरालीका ५० जना भन्दा बढी छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

रामेछाप नगरपालिका–२ देउरालीमा रहेको विद्यालयमा अध्ययनरत २०७५ सालमा उर्तिण भएका प्रथम, द्धित्तिय, तित्र्तिय, सान्तोना, जेहेनदार तथा दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक विनोदकुमार कार्कीले वर्षेनी वितरण गर्दै आएको पुरस्कारले विद्यार्थीहरुको पढाईमा समेत प्रतिस्पर्धा बढ्दै गएको बताए ।
त्यही विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेकी उमा केसीले बुबालाई गुमाएको झम्झनामा विगत तीन वर्षदेखी आफ्नो एक महिनाको तलब बापतको रकमबाट शैक्षिक सामग्री वितरण गर्दै आएकी छिन् ।

पत्रकार राजकुमार केसीलगायत ५ जनालाई २०५९ साल कार्तिक ७ गते तत्कालीन शाही नेपाली सेनाले सुतिरहेको अवस्थामा घरबाट गिरफ्तार गरि रामेछापको भालुखोप डाँडामा लगि गोली हानी हत्या गरेको थियो ।

पत्रकार केसीको हत्यापछि छोरी उमा लगायत भाईबहिनीहरुलाई राजधानीबाट प्रकाशित हुने साँघु साप्ताहककिा प्रकाशक सम्पादक गोपाल बुढाथोकी तथा स्थानीय पत्रकारहरुले कक्षा १० सम्मको अध्ययनका लागि सहयोग गरेका थिए ।

त्यो दुःखको समयमा आफूलाई पनि कसैले एउटा कापी दिँदा पनि निकै सहयोग पुगेको स्मरण गर्दै सानो सहयोगले विद्यार्थीलाई हौसला मिलोस भनेर नै शैक्षिक सामाग्री वितरण गर्दै आएको केसीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्