रामेछापकाे सुनारपानीमा नयाँ प्रविधिबाट पानी तानियो, छायाे खुसीयाली



३१ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा पनि बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको सुरुवात गरिएको छ । समुन्द्रि सतहबाट १४ सय मिटर उचाईमा रहेको सुनारपानीमा बोरिङ प्रविधि मार्फत खानेपानी तान्ने प्रविधिको प्रयोग गरी पानी तान्ने काम गरिएको हो ।

सुनारपानीको जुँगेपानी र खाल्टेपानी गरी २ ठाउँमा बोरिङबाट पानी तान्दा सफलतापूर्वक पानी निस्किएको वडाअध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए । लिफ्ट खानेपानी आयोजना निकै खर्चिलो भएकाले सम्भावित खानेपानी स्रोतको पहिचान गरि बोरिङ प्रविधि मार्फत खानेपानीको मुहानको खोजी गरिएको उनको भनाई छ ।


सुनारपानीमा २ ठाउँमा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी निकाल्न करिब १ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको वडाअध्यक्ष कार्कीले बताए । तीन नम्बर प्रदेश सरकारले १६ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी रकम आगामी आर्थिक वर्षको प्रदेश, नगर र वडाबाट मिलाउने गरी तयारी भइरहेको उनले बताए । यो प्रविधि मार्फत पानी परीक्षण पूर्ण रुपमा सफल भए सुनारपानीका करिब एक हजार घरपरिवार लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्