प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्न सांसद खडकाले प्रस्ताव दर्ता गराए



वैशाक ३१ हेटौडा । प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्न दोलखाबाट निर्वाचीत प्रदेश सभा सदस्य विशाल खडकाले पहिलो पटक प्रदेशसभा सचिवलायमा प्रस्ताव दर्ता गर्नुभएको छ । प्रदेश ३ का सांसद विशाल खडकाले आज प्रदेश सभा सचीवालयमा पहिलो पटक ‘गौरीशंकर’ नाम राख्न प्रस्ताव दर्ता गर्नुभएको हो ।

सो नाम प्रति प्रदेशसभाका सांसदहरुको एकमत रहेको बताइएको छ । विशेष गरि नेकपाले प्रदेशको नामाकरण र राजधानी टुंगो नलगाए पनि प्रदेश सभामा दर्ता भएको ‘गौरीशंकर’को नामको विषयमा भित्री सहमती भएको बुझीएको छ । सांसद खडकाले नेकपा प्रदेश ३ कमिटीलाई पनि सो प्रस्ताव पेश गर्नुभएको छ । खडकाले प्रदेश ३ को लागि सबैभन्दा उपयुक्त नाम ‘गौरीशंकर’ भएको बताउँदै प्रदेश ३ को नामकरणका लागि ६ आधारसमेत पेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्