सुनापती गाउँपालिकाभित्र २७५ किलोमिटर सडक बन्यो, मध्य पहाडी राजमार्गले जोडियो



१ जेठ, रामेछाप ।
सुनापती गाउँपालिभित्र सडक निर्माणको कामले तीब्रता पाएको छ । करिब १५ बर्षको अवधिमा गाउँपालिकाको पाँच वटै वडाभित्र गरी २ सय ७५ किलोमिटर सडक निर्माण भएको हो । सडक निर्माण भएपनि हालसम्म कुनै पनि सडक कालोपत्रे भने हुन सकेको छैन् ।

तीन नम्बर सरकारले यस आर्थिक बर्षबाट कालोपत्रे गर्ने योजना अन्तर्गत खैरेनीघाटबाट खनियापानी, बेथान हिलेदेवी गाल्वा हुँदै खोलाखर्कसम्मको सडक कालोपत्रे गर्ने योजना अनुरुप दुई करोड लगानीमा सडकको स्तरउन्नतीको काम अगाडि बढाएको छ । गाउँपालिकाभित्र हालसम्म २७६ किलोमिटर कच्ची सडक निर्माण भएर सञ्चालनमा आएको छ ।

गाउँपालिकाभित्र अधिकाशं टोलटोलमा नै सडकको पहुँच पुगेको छ । तर बर्षाको समयमा कतिपय सडकमा भने यातायात सञ्चालन गर्न कठिन छ । गाउँपालिकाको तथ्याङ अनुसार वडा नम्बर १ गुन्सीमा ६१ किलोमिटर, वडा नम्बर २ दिमीपोखरीमा २७ किलोमिटर, वडा नम्बर ३ हिलेदेवीमा ५७ किलोमिट, वडा नम्बर ४ बेथानमा ५२ किलोमिटर र वडा नम्बर ५ खनियापानीमा ७९ किलोमिटर सडक निर्माण भएको छ । गाउँपालिकाले अब नयाँ सडक खन्ने कार्यलाई बन्द गरेर निर्माण भएको सडकलाई व्यवस्थित बनाउने नीति लिएको छ ।

गाउँपालिकाभित्र हालसम्म निर्माण भएको सडकको स्तरउन्तती गर्ने कार्यमा ध्यान दिएको गाउँपालिकाका प्रवक्ता कमल केसीले बताए । जस मध्ये गाउँपालिकाको केन्द्रसम्म जोडने चार वटा सडकको डिटेल प्रोजेक्ट रिर्पोट (डिपिआर) तयार भएको छ । गाउँपालिकाबाट राजधानी काठमाडौं जोडने खैरेनीघाटको पुल निर्माणाधिन अवस्थामा रहेको छ । त्यसैगरी गाउँपालिको केन्द्रदेखि वडा नम्बर १ गुन्सी जोडने खानीखोलमा कल्भर्ट रहेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले गाउँपालिकाभित्र निर्माण भएको सडक मध्ये १२ महिना चल्ने सडक २० प्रतिशत र बाँकी ८० प्रतिशत सडकमा बर्षाको समयमा यातायात सञ्चालन हुन सक्ने अवस्था नरहेको बताए ।

गाउँपालिकाले खानीखोलामा मात्र तीन वटा पक्की पुल निर्माण गर्नुपर्ने योजना अगाडि सारेको छ । गाउँपालिकाका अध्यक्ष धावा लामाले खानीखोलाको साथै घट्टे खोलमा पनि दुई वटा पक्की पुल आवश्यकता भएको बताए । दुसिङ्ग खोलमा दुई वटा, छिमिर खोलामा १ वटा, भ्वाँसा खोलामा १ वटा, कामा खोलामा १ वटा र दिमीखोलामा १ वटा कल्र्भट निर्माण गर्नुपर्ने योजना अगाडि सारेको छ । अध्यक्ष लामाले रामेछाप न्युजसँग भने,‘नागरिकहरुलाई सहज रुपमा यातायातको सेवा दिन सडकलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेका छौ, यस बर्ष खैरेनीघाटको पुल सञ्चालनमा आएपछि धेरै सहज हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
Az7Y6K, 3SAf7s4Wkt, ZK4YvO9VWcyR4q, Jns5Fi0T, qsPrlmpu25vClOv, GJNDFzcSQ5Opje, WPdXPMTIp7, enjfnGzwp, xZGEcxYn