रामेछापमा जनसंख्या बढेसँगै सह–सचिव र एसपीको दरबन्दी थप



१ जेठ, काठमाडौं ।
हिमाली जिल्ला रामेछापमा जनसंख्या बढेसँगै प्रशासनिक संरचनाको पद पनि स्तरउन्नती हुने भएको छ । रामेछापमा यस अघि उप सचिव र डिसएपीको दरबन्दी रहदै आएकोमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमा सहसचिव पठाउने भएको छ भने डिएसपीको दरबन्दीमा एसपी खटाउने तयारी गरेको हो ।

सरकारले ६१ जिल्लाको प्रमुख जिल्लाअ धिकारीमा सहसचिव र ५९ जिल्लाको प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । रामेछाप, ओखलढुंगा, दोलखा, पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा सहसचिव र प्रहरी प्रमुखमा प्रहरीतर्फ एसपी खटाउने भएको छ । २०६८ सालको जनगणना अनुसार रामेछाप जिल्लामा २ लाख भन्दा बढी जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्