प्रदेश समृद्धिको आधारः श्रम, सिर्जना, उत्पादन र रोजगारः मन्त्री ढुंगेल



१ जेठ, हेटौंडा । प्रदेश नम्बर–३ सरकारले आउँदो आर्थिक बर्षका लागि बिनियोजन विधेयक पेस गरेको छ । आगामी आर्थिक बर्ष २०७६ । ०७७ का लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले विधेयक प्रदेश सभामा पेस गर्नुभयो । आउँदो बजेटमा सरकारले गर्ने कामको प्राथमिकता पनि तोकिएको छ ।

आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी आर्थिक क्रियाकलापमा सहभागी हुने अवसर सृजना गरिने सरकारको योजना छ । प्रदेशलाई औद्योगिक प्रदेशको रुपमा अगाडी बढाईने सरकारको योजना छ । शिक्षालाई उद्यमसिलता तथा उत्पादन, श्रम, एबम् स्थानीय अर्थतन्त्र र रोजगारी बृद्धिसंग आबद्ध गरिने मन्त्री ढुंगेलले बताउनुभयो ।

“प्रदेश समृद्धिको आधार : श्रम, सिर्जना, उत्पादन र रोजगार” भन्ने नारा बजेटमा दिइएको छ । प्रदेशका ११९ वटा स्थानीय तह र ६६ निर्वाचन क्षेत्रसंग विकासमा सन्तुलन हुनेगरी काम गरिने ढुंगेलले बताउनुभयो । पर्यटन, ऊर्जा, उद्योग सेवा लगायतका क्षेत्रमा आन्तरिक तथा बैदेशिक लगानी नीतिगत ब्यावस्था गरिने प्रस्तुत बिधेयकमा उल्लेख छ ।

प्रदेश ३ लाई लगानीको आकर्षण स्थल बनाईने उहाँले बताउनुभयो । प्रदेशमा विद्यमान गरिबि न्युनीकरण र खाद्यान्न अपुगको अन्त्य गर्ने आगामी बर्षमा बजेट केन्द्रीत रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्