दोरम्बा गाउँपालिकामा एक हजार जनाले लिए निःशुल्क स्वास्थ्य सेवा



२ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–७ थापागाँउमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार जनाले सेवा लिएका छन् । शान्ति फाउण्डेशन र दोरम्बा गाउँपालिकाको संयुक्त आयोजनामा थापागाउँमा दुई दिन सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविर स्थानीयले गाउँघरमा नै स्वास्थ्य सेवा लिएका हुन् ।

दोरम्बा गाउँपालिका वडा नम्बर ५,६,७ लाई लक्षित गरि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुनुपूर्वको अवस्थाको परीक्षण गरिएको थियो । जसमा ४ सय महिला मध्य १० जनामा पाठेघर मुखको क्यानसरका बिरामी भेटिएको, आङ खस्ने समस्या भएका १६ जना विरामीलाई रिङ राखिएको थियो भने ४ सय जनाकाे एचआईभी परीक्षण गरिएको थियो । शिविरमा तीन सय महिलाको यौन रोगको उपचार गरिएको थियो । साथै परिवार नियोजन सम्बन्धि महिला पुरुषको बन्ध्याकरण समेत गरिएको छ ।


आँखा परिक्षण शिविरमा ६ सय २० जना बालबालिकहरुले सेवा लिएका छन् । जसमा ३०९ जना बालबालिकाहरुको आँखा उपचार गरिएको छ भने ३६ जनामा मोतिविन्दुको समस्या देखिएको छ । १ सय ७० जना बालबालिलाई चस्मा गरिएको वितरण गरिएको थियो ।

शान्ति फाउण्डेशन संस्थाको अध्यक्ष सन्जमाया तामाङले गाउँघरमा विशेषगरी महिलाहरुलाई रोग लाग्नु पूर्व नै स्वास्थ्य परीक्षण गरिएको बताइन । उनले निशुल्क स्वास्थ्य शिविरमा नागरिकहरुको संख्या अत्याधिक रहेको बताउदै आगामी दिनमा पनि कार्यक्रम सञ्चालन गर्न सकिने बताइन ।

उक्त कार्यक्रममा गाउँपाकिलाका अध्यक्ष कमानसिंह मोक्तान, वडा अध्यक्ष रेम थापा लगायतको सहभागी रहेको थियो । नेपाल परिवार नियोजन संघ काभे्र र दृष्टि आँखा केन्द कंलकीको प्राविधिक समन्वयन तथा डाईरेक्ट रिलिफको आर्थिक सहयोगमा भएको शिविर सञ्चालन भएको अध्यक्ष तामाङले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्