सुनापती गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रगियोगीता हुँदै



३ जेठ, रामेछाप ।
खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित सुनापती गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता आयोजना गरिएको छ । भोलीबाट सुरु हुने रनिङ्ग शिल्ड प्रतियोगीतामा गाउँपालिका भित्रका विद्यार्थीहरुको सहभागीता रहनेछ ।

राष्ट्र विकासको निर्माणमा मानव तथा बौद्धिक विकास गर्न युवाको भूमिका हुने भएकाले युवाहरुको क्षमता विकास गर्न रनिङ्ग शिल्ड प्रतियोगीताको आयोजना गरिएको सुनापती गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले बताए ।

उनका अनुसार भोली हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा गाउँपालिकाभित्र अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुनेछन । रिले दौड र लमजम प्रतिगोगीतामा प्रथम हुनेले ९ हजार, द्धितिय हुनेले ६ हजार र तृतिय हुनेले ३ हजार पुरस्कार पाउने छन् ।
युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा सुनापती गाउँपालिका खेलकुद विकास समितिद्धारा आयोजित अन्तर विद्यालय गाउँपालिकास्तरीय खेलकुद प्रतियोगीताले खेलकुद क्षेत्रमा थप आकर्षण बढाउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्