दस बर्षपछि खैरेनीघाट पुलको ढलान सकियो, छिट्टै सञ्चालनमा आउदै



३ जेठ, रामेछाप ।
दस बर्षपछि रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाट पुल निर्माण अन्तर्गत ढलानको काम सम्पन्न भएको छ । पुलको ढलान भएसँगै छिट्टै सञ्चालनमा आउने भएको छ । पुल ढिलान भएसँगै बर्षोदेखि प्रतिक्षामा बसेका रामेछापवासीको सपना पूरा हुने भएको छ ।

बर्षा अघि नै पुल सञ्चालनमा ल्याउने गरी काम अगाडि बढेको खाँडादेवी गाउँपालिका–१ राकाथुमकका वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले बताए ।
उनका अनुसार ढलानको काम सम्पन्न भएर हाल पुलको दुवैतर्फ ग्याबिङ भर्ने र वाल लगाउने काम भइरहेको छ । तीन बर्षमा सम्पन्न हुनुपर्ने पुल ठेकेदार कम्पनीको ढिलासुस्ती र डिजाईन परिवर्तन गर्दा ढिलाई हुनु पुगेको थियो ।

पुल सञ्चालनमा आएपछि रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न सहज हुनेछ । साथै रामेछाप जिल्लामा उत्पादन भएको कृषिजन्य वस्तु समेत सहज रुपमा काठमाडौं लैजान सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्