पर्यटन प्रबद्र्धन गर्न रामेछाप नगरपालिकाद्धारा युवाहरुलाई तालिम



३ जेठ, रामेछाप ।
रामेछाप नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने मुख्य उदेश्य सहित रामेछाप नगरपालिकाले युवाहरुलाई व्यवसायीक तालिम दिने काम अगाडि बढाएको छ । पर्यटन प्रवर्दन र युवाहरुलाई व्यवसायिक बनाउने नगरस्तरीय होमस्टे व्यवस्थापन ( कुक तालिम ) सम्पन्न भएको छ ।
रामेछाप नगरपालिकाको आयोजना र ग्रामीण बिजनेश प्रमोशन प्रालि रामेछापको सहजीकरणमा ७ दिनसम्म सन्चालन भएको तालिममा रामेछाप नगरपालिका भित्रका ९ वटा वडाका २÷२ जना गरी १८ जनाले तालिम लिएका छन् ।

तालिममा सहभागीहरुलाई नेपाली खाना सेट, मकै पर्र्सी केक, हलुवा, सुप, सिस्नु सुप, नेवारी परिकार, विर्यानी, मम, पिजा, सेकुवा जस्ता विभिन्न ३० थरीका परिकारहरु बनाउन सिकाइएको ग्रामीण बिजनेश प्रमोशन प्रालि रामेछापका अध्यक्ष गुन्ज बहादुर कार्कीले बताए । स्थानीय स्रोत र साधनको उपयोग गरी नगरभित्रै पर्यटन प्रवद्र्धन गर्न होमस्टेले महत्वपुर्ण भुमिका खेल्ने हुँदा तालिमले युवाहरुलाई व्यवसायिक बनाउन मद्धत गर्ने उनले विश्वास व्यक्त गरे ।
रामेछाप नगरपालिका–६ भालुखोपमा एक कार्यक्रमकाबीच समापन गरिएको तालिममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरले आन्तरिक तथा वाह्य पर्यटक भित्राउन होमस्टेले महत्वपूर्ण भुमिका खेल्ने भएकाले नगरपालिको नयाँ कामको सुरुवात गरेको बताए ।

तालिमपछि होमस्टे सन्चालन गर्ने युवालाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
७ दिनसम्म सन्चालन भएको तालिममा स्वदेश तथा विदेशमा विभिन्न होटलहरुमा तालिम दिइसकेका वरिष्ठ प्रशिक्षक अर्जित आचार्यले सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
रामेछापको भालुखोप रामेछाप नगरपालिकाको पर्यटकीय स्थल हो । जहाँ १२ महिना चिसो हावापानी र प्रकृतिको दृश्यअवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्