निर्दयी श्रीमानः रामेछापमा चिर्पट प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरे



३ जेठ, रामेछाप ।
भनिन्छ श्रीमान श्रीमतीको झगडा परालको आगो हो । तर रामेछापको लिखु तामाकोसी गाउँपालिकामा भने श्रीमान श्रीमतीको झगडाको कारण श्रीमतीको ज्यान नै गएको छ ।
सामान्य भनाभनबाट सुरु भएको विवादले उग्र रुप लिदा लिखु तामाकोसी गाँउपालिका–३ नागीमा श्रीमानले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेको छन् । ५१ बर्षे निरबहादुर दमाइले श्रीमती ५० बर्षे धनकुमारी दमाईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

विहिबार दिउसो ३ बजे आफ्नै घरको चुल्लोमा खाना पकाउन लागेको बेलामा अगेना नजिकै रहेको उत्तिसको चिरुवा चिरपट दाउराले श्रीमतीको निधार र टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए । उनका अनुसार हत्याको अभियोग लागेका निरबहादुर दमाइलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्