सुनापती गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः शतलिङ्गगेश्वर माविले जित्याे



४ जेठ, रामेछाप ।
सुनापती गाउँपालिकामा भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि शतलिङगेश्वर मावि गुन्सीले हात पारेको छ । आज भएको प्रतियोगीतमा शतलिङ्गगेश्वर मावि प्रथम, जनजागृत मावि द्धितिय र कृष्ण वर्णेश्वर मावि तृतिय भएका छन् । त्यसैगरी लमजमतर्फ शतलिङ्गश्वर माविका अमित माझी प्रथम, शतलिङ्गश्वर माविकै यशु द्धितिय र पशुपति माविकाका चन्द्र श्रेष्ठ तृतिय भए ।


सुनापती खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेको सभापतित्वमा भएको प्रतियोगीताको उदघाटन सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टले गरिन ।
प्रतियोगीमा विजयी प्रतियोगीहरुलाई उपाध्यक्ष विष्टले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेकी थिइन ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, सुनापती गाउँपालिका–३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङ लगायतको सहभागीता थियो । प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीमा गाउँपालिकाभित्रका सात वटा माविले भाग लिएका थिए । सुनापती गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद प्रतियोगीता भएको हो ।

प्रतिक्रिया दिनुहोस्