नेकपा रामेछापमा दुई जनाको खोजी



६ जेठ, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापमा दुई जना जिल्ला कमिटीको खोजी सुरु भएको छ । १ सय ३५ जनाको जिल्ला कमिटीमा पूर्व माओवादी केन्द्रले ६६ जना पाएको थियो । सोही सहमति अनुसार नामावली तयार पारेर प्रदेश कमिटीमा बुझाइएको थियो । तर रामेछापमा तीन नम्बर प्रदेश कमिटीमा नौ जना चयन भएपछि खाली भएको पदमा जिल्ला कमिटीको सदस्य बनाउने हानथाप सुरु भएको छ । नौ जना मध्ये सात जनाको नाम सहमति जुटाएर प्रदेश कमिटीमा बुझाइएको छ । जुन नाम आइतवार बसेको प्रदेश कमिटीको दोस्रो बैठकले अनुमोदन समेत गरिसकेको छ ।

तर नेकपा रामेछापले दुई जना पछि थप्ने गरेर मात्र नामावली बुझाएसँगै पुनः दुई जनाको खोजी सुरु भएको छ । नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले सात जनाको नाममा सहमति जुटाउन सफल भएपनि दुई जनाको नाममा सहमति जुटाउन नसकेको बताइएको छ ।

अन्तिमसम्म पनि सहमति जुटन नसकेपछि दुई जना पछि थप्ने गरी नामावली बुझाइएको एक नेताले बताए । उनले भने,‘दुई जनाको नाम पनि टुंगो लगाएर एक साथ नामावली बुझाएको भए राम्रो हुन्थ्यो, रामेछापले मात्र दुई जना बाँकी राखेर नामावली बुझाएको छ, यो नेतृत्वले बुझनु पर्ने कुरा हो ।’ नेकपा रामेछापले ६२ जनाको नामावली बुझाएको छ ।
प्रदेश कमिटीमा गएपछि खाली भएको जिल्ला कमिटीमा दिपा रसाइली, धनमाया श्रेष्ठ, अम्बर लामा, सर्दशन राय, राजन पौडेल, श्याम श्रेष्ठ, थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्