रामेछापका कांग्रेस नेता खड्का भिरबाट लडेर घाइते, अवस्था गम्भीर



६ जेठ, रामेछाप ।
नेपाली कांग्रेस सुनापती गाउँपालिकाका नेता रामहरि खड्का भीरबाट लडेर गम्भीर घाइते भएका छन् । गाउँपालिकाबाट काम सकाएर घर फर्कने क्रममा नागसिवाको भीरबाट लडेर गम्भीर घाइते भएका हुन् ।

स्थानीय तेज तामाङका अनुसार आज साझा हरिसिद्ध डाँडाबाट लडदा करिब दुई सय मिटर तलु पुगेको थिए । स्थानीयल तत्काल उद्धार गरेर प्राथमिक उपचार गराएर थप उपचारको लागि काठमाडौं लगिएको तामाङले रामेछाप न्युजलाई बताए ।


सुनापती गाउँपालिका–४ बेथानका खड्का लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहदै आएका छन् । गम्भीर घाइते भएका खड्कालाई सुनापती गाउँपालिकाका स्वास्थ्य शाखाका अर्जन श्रेष्ठ र स्थानीय मेडिकलका हरि खड्काले प्राथमिक उपचार गरेर काठमाडौं पठाएका छन् ।

घाइते खड्काको टाउको र आँखामा गम्भीर चोट लागेको छ । घटनास्थल सुनापती उँपालिकाबाट डेढ किलोमिटर दुरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्