मोदीलाई कुलमान घिसिङको चुनौतीः भ्रष्टचार प्रमाणित भए झुण्डिर मर्न तयार छु



७ जेठ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चुनौती दिएका छन् ।
सत्तारुढ दल नेकपाका सांसद अमनलाल मोदीले प्राधिकरणभित्र भ्रष्टचार बढेको आरोप लगाएपछि घिसिङले आफूले भ्रष्टचार गरेको प्रमाणित भए झुण्डिर मर्न तयार रहेको चुनौती दिएका हुन् । घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारेका छन ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएका थिए । जवाफमा कुलमानले भने ‘अनावश्यक चार्ज नगर्नुहोला ।

सांसद भएँँ भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ ।’घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराएका छन । उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि बताएका छन ।
सांसद मोदीको आरोपको खण्डन गर्दै घिसिङले प्रश्न गर्दै भने,‘सांसदजस्तो पदमा बसेको व्यक्तिले यत्तिकै आरोप लगाउने कि प्रमाण सहित बोल्ने ? उनले मोदीलाई भने । हामी इमानदारी साथ काम गरिरहेका छौ, गल्ती गरेको भए प्रमाण ल्याउनुस, जुनसुकै कारवाही भोग्न तयार छु ।

प्रतिक्रिया दिनुहोस्