रामेछापमा फेरि युवकले आत्महत्या गरे



८ जेठ, रामेछाप ।
रामेछापमा आत्महत्या गर्ने घटना बढिरहेको बेला फेरि एक युवाले आत्महत्या गरेका छन् । रामेछाप लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका २२ बर्षिय युवा सुजन कार्कीले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले घरकै बरण्डामा झुन्डिर कार्कीले आत्महत्या गरेको रामेछाप न्युजलाई बताए । बेलुका साढे नौ बजे मादप पदार्थ सेवन गरी घर आएका कार्कीले राती बरन्डामा आत्महत्या गरेर झुण्डिएको अवस्थामा उनको बहिनीले देखिकी थिइन । प्रवक्ता अदालतका अनुसार मृतक कार्कीको शव पोष्ट मार्टम गर्नको लागि सदरमुकाम मन्थली ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्