सुनापती गाउँपालिका प्रथम अध्यक्ष कप भलिबल प्रतियोगीता सम्पन्न



८ जेठ, रामेछाप ।
सुनापती गाउँपालिका प्रथम अध्यक्ष कप भलिबल प्रतियोगीता सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको भलिबल प्रतियोगीतको उपाधी सुनापती गाउँपालिका–३ हिलेदेवीको बराल धोंग समाजले हात पारेको छ ।

प्रतियोगीतामा प्रथम धोंग समाजले ४० हजार नगद जितेको छ । त्यसैगरी प्रतियोगीतमा दिमीपोखरी बि द्धितियले ३० हजार, एसएस क्वल खनियापानी तृतियले २० हजार र चौथो एवं सान्त्वना सुनापती–१ गुन्सी भएको छ ।

कार्यक्रमा विजयी प्रतियोगीहरु एवं उत्कृष्ट खेलाडीहरुलाई रामेछापका प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्टले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगीतमा दस टिमको सहभागीता रहेको थियो ।

सुनापति गाउँपालिकाका आर्थिक सहयोगमा सुनापती गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगीता भएको थियो । सुनापती गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्