अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगीता सम्पन्न



९ जेठ, रामेछाप । 
सुनापती गाउँपालिका अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । सुनापती गाउँपालिकाको आर्थिक सहयोगमा सुनापती खेलकुद विकास समितिको आयोजना भएको ब्याडमिन्टन प्रतियोगीतामा तुलसी प्रसाद धिमिरे र तेज तामाङको टिम प्रथम बनेको छ ।

त्यसैगरी सुनापति गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुनिल निरौला र सुनापति गाउँपालिकाकै लेखापाल बम बहादुर बिक द्धितिय र सिटिजन्स बैंकका रमेश यादव र राजु राउत तृतीय भएका छन् ।

विजयी खेलाडीहरुलाई रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्ट, नेकपाका नेता टंकलाल घिसिङले ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । सुनापती गाउँपालिकामा पछिल्लो समय ब्याडमिन्टन खेलप्रति आकर्षण बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्