रामेछापको गोकुलगंगा गाउँपालिका मासु र अण्डामा आत्मनिर्भर




९ जेठ, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका मासु र अण्डामा आत्मनिर्भर गाउँपालिको छ । मासु र आण्डामा आत्मनिर्भर गाउँपालिका भए पनि गाउँपालिकामा उत्पादन भएको अण्डा र मासुले बजार नपाउँदा समस्या भएको छ ।

गाउँपालिकाका अधिकाश नागरिकहरु कुखुरापालन व्यवसायमा आवद्ध छन । गाउँपालिकाका २५ जना युवाहरुले फम दर्ता गरेरै व्यवसायिक रुपमै कुखुरा पालन व्यवसाय गरेका छन । हरेक दिन गोकुुलगंगा गाउँपालिकामा ४६ सय अण्डा र मासिक ४० हजार किलो कुखुराको मासु उत्पादन हुने गरेको कृषि सुचना केन्द्र गोकुलगंगाका प्रमुख सरोज फुँयालले जानकारी दिए ।

मासु र अण्डामा आत्मनिर्भर गाउँपालिका भए पनि कृषकहरुको उत्पादनले बजार नपाउँदा समस्या भएको उनले बताए । गोकुलगंगामा उत्पादन भएको मासु र अण्डा विक्रि वितरणको लागी गाउँपालिका कार्यालयले प्रचार प्रसार गर्ने काम गरिरहेको भएपनि बजार नपाएको गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले गुनासो गरे । हालसम्म कुनै विक्री वितरणका लागी सहयोग गर्ने संस्थासँग समन्वय हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्