रामेछापमा नेकपाका जिल्ला कमिटीका सदस्यले लिए सपथ



१० जेठ, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापका जिल्ला कमिटीका सदस्यहरुले सपथ लिएका छन् । तीन नम्बर प्रदेश कमिटीले जिल्ला कमिटीमा रहने १ सय ३३ जनाको नाम अनुमोदन गरेपछि आज जिल्ला कमिटीका सदस्यहरुले सपथ लिएका हुन् ।
सदरमुकाम मन्थलीमा आज आयोजित एक कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारीको उपस्थितमा जिल्ला कमिटीका सदस्यहरुले सपथ लिएका छन् । जिल्ला कमिटी १ सय ३५ बनाउन निर्णय भएकाे छ ।

शुक्रवार अधुरै जिल्ला कमिटीका सदस्यहरुलाई सपथ गराइएको छ । सपथ कार्यक्रममा करिब एक दर्जन भन्दा बढी सदस्यहरु भने अनुपस्थित रहेका थिए । जिल्ला कमिटीका सचिव शान्ति पौडेलले छुटेका जिल्ला कमिटीका सदस्यहरुलाई आगामी बैठकमा सपथ गराउने बताए ।

सपथ कार्यक्रममा तीन नम्बर प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, नेकपाका केन्द्रीय सदस्यहरु देवकशंर पौडेल, श्याम कुमार श्रेष्ठ, युवराज चौलागाई, माधव ढुंगेल, कमल चौलागाई, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, सचिव शान्ति पौडेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्