रामेछापलाई केन्द्र विन्दु बनाएर भुकम्प गएपछि फेरि त्रास



११ जेठ, रामेछाप ।
रामेछाप उमकुण्ड गाउँपालिकाको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । लामो समयपछि चार बर्ष अघि गएको भुकम्पको त्रास सम्झाउने गरी परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । भुकम्प गएपछि त्यस क्षेत्रका बासिन्दा त्रसित हुँदै घर बाहिर निस्किएका थिए ।
भकम्पको कारण कुनै पनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई बताए । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएकाे बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्