काठमाडौंमा बम विस्फोटः ४ जनाको निधन, बम बनाउने विप्लवका कार्यकर्ता पक्राउ



१२ जेठ, काठमाडौँ ।
काठमाडौँको नरेफाँटबाट बम बनाउने सामग्रीसहित नेत्रविक्रम चन्द विप्लवका सात कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको साथबाट खाली प्रेसरकुकर ७ सात थान बम बरामद गरिएको छ भने पार्टी सम्बन्धित १५ सयभन्दा बढी पर्चाहरु पनि बरामद गरिएको छ । प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ ।

सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ ।

सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले त्यही वयान दिएका छन् । महर्जनले बम बनाउने क्रममा विस्फोट भएको बयान दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बताएको छ ।

अहिले प्रहरीले राजधानीको सुरक्षा व्यवस्थाले अत्यन्तै कडा पारेको छ । चोक चोक नाकानाकामा व्यापक रुपमा प्रहरीहरु परिचालन गरिएको छ । वम विस्फोटनका घटनाहरु तथा सुरक्षाकर्मीहरुको बाक्लो तैनाथीले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्