रामेछापमा विप्लव समुहले ट्रिपर जलाए, यातायात ठप्प



१३ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ हात्तीटारमा विल्लव समुहले आज बिहान ट्रिपर जगाएको छ । खुर्कोटबाट मन्थली जाने क्रममा ना ८ ख ३७७० नम्बरको ट्रिपरमा आगो लगाएको हो । आगलागीबाट ट्रिपर जलेर ध्वस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले रामेछाप न्युजसँग भने,‘आज बिहान साढे २ बजे हात्ती टारमा ट्रिपरका ड्राइभरलाई झारेर आगो लगाइएको पाइएको छ ।’ बिहानै ट्रिपरमा आगजानी भएपछि मन्थलीबाट राजधानी काठमाडौं चल्ने सवारी साधन चल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्