रामेछाप बम फेला, डिस्पोज गर्दै नेपाली सेना



१३ जेठ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–६ हात्तीटारमा बम फेला परेको छ । बिहान २ बजे फेला परेको बम नेपाली सेनाले डिस्पोज गर्ने काम गरिरहेको छ ।

सडकको दायाँबायाँ नै दुई वटा बम फेला पारेपछि लगत्तै डिस्पोज गर्न तीन वटै सुरक्षा निकाय परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार केसीले रामेछाप न्युजलाई बताइन ।
उनका अनुसार एउटा बम डिस्पोज भएको र अर्को बम डिस्पोज गराउने काम भइरहेको छ । बिहानै विप्लव समुहले हात्तीटारमा नै ट्रिपर जलाएको थियो ।

मन्थलीबाट राजधानी काठमाडौं आवत जावत गर्ने मुख्य नाका बन्द गराउने उदेश्यले बम राखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । सडकमा बम राखेपछि यातायात सञ्चालन हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्