रामेछापमा नक्कली बमले बिहानभर त्रासः यातायात सुचारु



१३ जेठ, रामेछाप ।
रामेछापमा विप्लव समुहले राखेको नक्कली बमको कारण बिहानभर अवरुद्ध भएको यातायात सुचारु भएको छ । मन्थली नगरपालिका–६ हात्तीटारमा राखिएको बम नक्कली भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले त्रास फैलाउने गरी मात्र राखिएको नक्कली बम भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘नक्कली बमको कारण अवरुद्ध भएको यातायात सुचारु भएको छ, अहिले मन्थलीदेखि खुर्कोटसम्म स्कटिङ गरेर यातायातलाई सुरुक्षा दिएका छौं ।’
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार केसीले सहज रुपमा यातायात सञ्चालन गर्नको लागि तीन वटै सुरक्षा निकायलाई परिचालन गरिएको जानकारी दिइन ।

आज बिहान विप्लव समुहले हात्तीटारमा ट्रिपर जलाएका थिए । ट्रिपर जलाउने र नक्कली बम राखेर त्रास सृजना गर्न खोज्ने समुहको खोजी कार्य भइरहेको भट्टराईले बताए । नक्कली बम हटाए पनि मन्थलीबाट राजधानी काठमाडौंतर्फ सञ्चालन हुने यातायात सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्