रामेछापकाे सुनापतीबाट यसरी उड्याे प्याराग्लाइडिङ (भिडियो सहित)



१४ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको सुनापती गाउँपालिकाको सुनापतीस्थित लहरेमानेबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि स्थानीय उत्साहित भएका छन् । सुनापती गाउँपालिकाले प्याराग्लाइडिलाई व्यवसायीक रुपमा सञ्चालन गर्नको लागि छलफल अगाडि बढाएको छ ।

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सहकारी वा निजी साझेदारी कार्यक्रम अन्तर्गत अगाडि बढाइने बताए । उनले रामेछाप न्युजसँग भने,‘पर्यटन क्षेत्रको राम्रो सम्भावना बोकेको रामेछापमा प्याराग्लाइडिङ उडानले आन्तरिक एवं बाह्य पर्यटन भित्र्याउन सहज भएको छ ।’ राजधानी काठमाडौंबाट नजिक रहेका पनि प्याराग्लाइडिङको राम्रो सम्भावना रहेको मन्त्री ढुंगेलले बताए ।


सुनापतीको लहरेमानेबाट यसरी उडाइयो प्याराग्लाइडिङ

प्रतिक्रिया दिनुहोस्