रामेछापमा माइक्रोवस दुर्घटना, चालकले ठूलो दुर्घटनाबाट ११ यात्रुको ज्यान बचाए



१५ जेठ, रामेछाप ।
रामेछापको सेलेघाटमा माइकोक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा परी चालक सहित १२ जना घाइते भएका छन् । सेलेघाटको मोडमा ब्रेकफेल भएर गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । बा ४ ख २९८२ नम्बरको माइक्रो बस ठूलो दुर्घटनाबाट बचेको छ ।

घाइतेहरुलाई प्रहरी र स्थानीयले उद्धार गरेर शुभजिवन हस्पिटल खर्कोटमा उपचार भइरहेको स्थानीय रामहरि केसीले रामेछाप न्युजलाई बताए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले गाडी दुर्घटनाको बारेमा अनुसन्धान अगाडि बढाइएको बताए । उनका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ ।
मालुखोलाबाट काठमाडौंतर्फ जादै गरेको कुशेश्वर यातयात प्रालिकाको माइको बस मोडमा दुर्घटना भएको थियो । गाडी चालक सन्ताेष गाेलेले निकै सावधानी पूर्वक ११ जना यात्रुको ज्यान बचाउन सफल भएका छन् । पाँच मिटर मात्र चालकले गाडी भित्तामा नपल्टाएको भए सिधै तामाकोसीमा पुग्ने अवस्था रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्