रामेछाप कारागारका ८ कैदीले पाए आममाफी



१६ जेठ, रामेछाप ।
गणतन्त्र दिवसका अवसरमा जिल्ला कारागार कार्यलय रामेछापमा रहेका ८ जना कैदीले भुक्तान हुन बाँकी कैदको सजाय माफी पाएका छन ।

आममाफी पाउनेहरुमा कर्तव्य ज्यान मुद्धामा जेल परेका पोष्ट बहादुर जागी, प्रमिला विश्वकर्मा, सवारी मुद्धा तर्फका श्रीलाल घिसिङ, राज कुमार तमाङ , पुष्कर श्रेष्ठ , जितेन्द्र बहादुर चन्द , मोहमद अफजत र ज्यान मार्ने उद्योगमा जेल परेका कविराज चेमजोङ रहेको जिल्ला कारागार कार्यालय रामेछाका सुचना अधिकारी सुमित कुमार चौधरीले बताए ।

उनका अनुसार कैदीहरुलाई मन्त्रिपरिषद्को सिफारिसमा माफी दिइएको हो । नेपालमा हरेक वर्ष गणतन्त्र दिवशका दिन असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्