रामेछापमा पुष्पलाल प्रदेश चक्रपथ बन्ने



१८ जेठ, काठमाडौं ।
प्रदेश ३ को सरकारले रामेछाप जिल्लाको विकास गर्ने उदेश्यको साथ प्रदेश चक्रपथ बनाउने भएको छ । संघीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको हो ।
रामेछाप–दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ–चितवन–मकवानपुर–सिन्धुली र काभ्रे जिल्ला जोडने चक्रपथ निर्माण गर्ने योजना प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेले प्रदेशका जिल्लाहरुलाई जोडन दु्रत मार्गको रुपमा जोडन चक्रपथ निर्माणको अवधारणा अगाडि सारिएको रामेछाप न्युजलाई बताए ।

उनले पोष्टबहादुर बोगटी सुरुङ मार्ग भीमफेदी–कुलेखानी परियोजनालाई पनि प्रदेश गौरवको आयोजनाको रुप्मा अगाडि सारेको छ । नौ जिल्ला जोडने प्रदेश चक्रपथ निर्माण भएपछि रामेछापबाट दोलखा हुँदै चीनसँगको सीमाना जोडिएको सिन्धुपाल्चोकसम्मको नाका सहज रुपमा जोडिने छ ।

यो चक्रपथ निर्माणले तराई जोडने थप नयाँ वैकल्पिक सडक निर्माण हुनुको साथै चीनसँगको नाकामा सडक जोडिएपछि मालसामान ल्याउन समेत सहज हुनेछ ।
जिल्लाको पश्चिमी क्षेत्रमा हाल मध्य पहाडी लोकमार्ग निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश चक्रपथ बन्दा मुख्य दुई वटा ठूला राजमार्गले जिल्लालाई राजधानी काठमाडौं र प्रदेशको राजधानी हेटौडालाई जोडन सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्