सुनापती गाउँपालिकास्थित सुनकोसी नदीको सिन्दुरेटारमा बेबारिसे शव भेटियो



१८ जेठ, रामेछाप ।
सुनापती गाउँपालिका–४ बेथानको सुनकोसी नदीस्थित सिन्दुरेटारमा बेबारिसे शव भेटिएको छ । आज दिउसो काभ्रे–रामेछाप जोडने सिन्दुरेटार पुल निर्माणको क्रममा स्थानीयले निर्माणाधिन पुलको अस्थायी फड्कमा अडकिएको अवस्थामा शव देखेका थिए । शव देखे लगत्तै स्थानीयले जिल्ला प्रहरी कार्यालय रामेछापलाई जानकारी गराएका थिए । स्थानीय बासिन्दाको सहयोगमा प्रहरी करिब ३५ बर्षको पुरुषको शव निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले वेवारिसे अवस्थामा फेला परेको शवलाई पोष्टमार्टमको लागि सदरमुकाम मन्थली ल्याइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार हुलियाको पहिचान गरी सनाखत गरिने छ । वेवारिसे अवस्थामा फेला परेको शव चिन्न सक्ने अवस्था रहेको बताउदै यदी कोही कसैको आफन्त वेपत्ता भएको अवस्थामा जिल्ला प्रहरी कार्यालय रामेछापमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

स्थानीय कल्याण केसीका अनुसार आज दिउसो बगाएर ल्याएको शव निर्माणाधिन पुलको अस्थायी फट्केमा अडकिएपछि प्रहरीलाई जानकारी गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्