रामेछाप भलुवाजोरका वडा अध्यक्ष माझी अर्काकी श्रीमतीसँग रङगे हात प्रहरीले समातेपछि……………



२० जेठ, काठमाडौं ।
नियम कानुन कार्यान्वयन गर्ने रामेछापका एक वडा अध्यक्षले परस्त्रीसँग रंगेहात प्रहरीको फन्दामा परेका छन् । मन्थली नगरपालिका–६ भलुवाजोरका वडा अध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका हुन् ।

भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफुहरु श्रीमान श्रीमती भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाकी श्रीमान कविराज श्रेष्ठले प्रहरीलाई खबर गरेर गएराति साढे एघार बजे कोठाबाट पक्राउ गरेका हुन । पक्राउ परेका दुवै जनालाई महानगरिय प्रहरी प्रभाग ठिमीको हिरासतमा राखेर अहिले अनुसन्धान भइरहेको छ । माझीकी श्रीमती कृष्णमाया माझीले बहुविवाह विरुद्ध मुद्धा दायर गर्ने तयारी गरेकी छिन ।


कुभिण्डेका कविराज श्रेष्ठ बैदेशिक रोजगारीको क्रममा दुवईबाट तीन साता अघि स्वदेश फर्किएका थिए ।सिन्धुली तिनपाटन माईती भएकी २७ वर्षीया श्रीमतीलाई कविराजले सिन्धुलीमै छोडेर विदेश गएका थिए । आएपछि पटक–पटक टेलिफोन गर्दा पनि सम्पर्क हुन नसकेपछि उनले परिवारको सहायतामा खोजी कार्य तीब्र बताएका थिए । उनकी श्रीमतीले छोरालाई सिनामगंलस्थित होस्टलमा राखेको पत्ता लगाएका थिए ।
खोजी गर्ने क्रममा माझी र ती महिला एउटै कोठामा रंगेहात भेटिएको महानगरीय प्रहरी प्रभाव ठिमीका डिएसपी मिलन केसीले रामेछाप न्युजलाई बताए । गोपाल माझी र कृष्णमायाका ८ वर्षीय छोरा छन । उनी गोपालसगैं छन । गोपाल र कृष्णमाया बेग्लाबेग्लै वस्ने भएपनि सम्बन्ध बिच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनन् । डिएसपी केसीका अनुसार दुवै जनासँग महिला सेलले अनुसन्धान गरिरहेको छ । ‘बहुविवाहमा मुद्दा चलाउने वा आज नै छोडने भन्ने विषयमा अनुसन्धानपछि थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्