रामेछाप जिल्लामा २ अर्ब ५० करोडको बजेट, कुन स्थानीय तहमा कति ? (सूचिसहित)



२० जेठ, काठमाडौं ।
रामेछाप जिल्लामा यस आर्थिक बर्षको लागि २ अर्ब ५० करोडको बजेट विनियोजन भएको छ । संघीय सरकारले ल्याएको आर्थिक बर्ष २०७६/०७७को लागि रामेछापको आठ वटा स्थानीय तहको लागि उक्त बजेट विनियोजन गरेको हो ।

जस अनुसार मन्थली नगरपालिकामा सबै भन्दा बढी ५१ करोड, रामेछाप नगरपालिकामा ३४ करोड, उमाकुण्ड गाउँपापििलकामा २३ करोड, खाँडादेवी गाउँपालिकामका ३२ करोड, गोकुलगंगा गाउँपालिकामा २७ करोड, दोरम्बा गाउँपालिकामा २७ करोड, लिखु तामाकोसी गाउँपालिकामा २८ करोड र सुनापती गाउँपालिकामा २५ करोड बजेट विनियोजन भएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्र्गत उक्त बजेट विनियोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्