रामेछापको उमाकुण्ड गाउँपालिकाको अजमडाँडाबाट पनि प्याराग्लाइडिङ सरर…..



२२ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा धमाधम प्याराग्लाइडिङ परीक्षण उडान सुरु भएको छ । एक साता अघि मात्र सुनापति गाउँपालिकाको लहरेमानेबाट प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाको उमाकुण्ड गाउँपालिकामा पनि आज प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले प्याराग्लाइडिङमा पहिलो यात्रु बनेर उदघाटन गरेका छन् ।

उमाकुण्ड गाउँपालिका–३ कुवुकास्थलीद्धारा आयोजित खेलकुद तथा संस्कृति र पर्यटन महोत्सवको अवसरमा गाउँपालिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले प्याराग्लाइडिङ उडान गरिएको हो । सबैको रोजाइमा प्याराग्लाइडिङ परेको छ ।


कुवुकास्थलीको अजमडाँडाबाट उडान भरेको प्याराग्लाइडिङ आधा घण्टाको दुरी पार गर्दै चरममा अवतरण गरिएको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले रामेछाप न्युजलाई बताए । उनले भने,‘प्याराग्लाइडिङलाई व्यवसायीक रुपमा सञ्चालन गर्न गाउँपालिकाले आगामी नीति तथा कार्यक्रम र बजेटमा नै समावेश विकास गरेर जाने योजना बनाउछौं ।’

उनका अनुसार एक पटक प्याराग्लाइडिङमा उडान गर्दा दुई हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । आज प्रितीबाट तीन वटा प्याराग्लाइडिङ उडान हुँदा हेर्नेको ठूलो भिड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्