पहिलो क्रसओभर अप्रिलिया स्ट्रोम स्कुटर भारत र नेपाली बजारमा एकैसाथ सार्वजनिक
२३ जेठ, काठमाडौं ।
अप्रिलियाको उच्चस्तरिय इटालियन रेसिङ्ग टेक्नोलोजि भएको अप्रिलिया स्ट्रोम, दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले नेपाली बजारमा सार्बजनिक गरेको छ । यो स्कुटर रेसरहरुको लागि आरामदायी सवारीको लागि निर्माण गरिएको स्कुटर हो ।
यसमा १२५ सिसीको आधुनिक प्रविधिको थ्रि भल्व इन्जिन जडान गरिएको छ । जसले गर्दा सवारलाई शक्तिशाली तथा आरामदायी राइडिङ्ग अनुभव दिन्छ । अप्रिलिया स्ट्रोम दुइवटा पृथक रङ्ग–म्याट रातो र पहेंलो आकर्षक ग्राफिकमा उपलब्ध छ । जसले इटालियनको उच्च प्रबिधि र वनावटको दक्षता प्रस्तुत गर्दछ ।
१२ इन्चको फराकिलो स्पोर्टस अलोय ह्विल भएको टायरसँगै आउने र अप्रिलिया स्ट्रोम अन रोड र अफ रोड दुवै बाटोको लागि उपयुक्त भएको कारणले यसको राइड अरुभन्दा सुरक्षित र आरमदायी हुन्छ ।
यो स्कुटर यही बिहिबार पुल्चोकस्थित लविम मलमा एक कार्याक्रमकाबीच दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिका अध्यक्ष मोतीलाल दुगडले सार्वजनिक गर्दै खुसी व्यक्त गर्नुभयो । उहाँले यसले नेपाली ग्राहकहरुको मन जित्न सफल हुने बिश्वास ब्यक्त गर्नुभयो ।
यसै कार्यक्रममा दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष विवेक दुगडले कम्पनीले नेपाली बजारका लागि अप्रिलिया स्ट्रोमको बिशेष मूल्य आगामी असार मसान्तसम्मको लागि रु. २ लाख २४ हजार ९ सय मात्र कायम गरिएको जानकारी दिनुभयो । अप्रिलियाको यस्तो प्रिमियम प्रोडक्ट यो बिषेश मुल्यमा नेपाली ग्राहकहरुलाई उपलब्ध गराउन सकेकोमा खुसी उहाँले खुसी व्यक्त गर्नुभयो ।
भेस्पाको बारेमा जानकारी गराउदै भन्नुभयो–ई.सं. १९४६ मा स्थापित भएको यो एउटा इटालियन कम्पनी हो र यो आफ्नो बिशेष डिजाइन र प्रबिधिको लागि विश्वमै ख्याती प्राप्त गर्न सफल भएको कम्पनी हो । नेपाली बजारमा भेस्पाको बिक्री बितरण ई.सं.२०१५ देखि सुभारम्भ भएको थियो र यसले छोटो समयमै नेपाली जनताको मन जित्न सफल भएको छ । यही कम्पनीले अप्रिलिया ब्राण्डको स्पोर्टिङ्ग रेसिङ्ग बाइक र स्कुटर पनि बनाउछ ।
अप्रिलिया २९४ ग्राण्ड पिक रेसहरु जिति विश्वमै सबैभन्दा बढी रेस जित्ने इतिहास बनाउन सफल भएको ब्राण्ड हो । उपाध्यक्ष दुगडले यस्तो ब्राण्ड उत्पादन गर्ने कम्पनीसँग जोडिन पाएकोमा दुगड़ ब्रदर्स एण्ड सन्स प्रालि गौरवान्वित भएको बताउनुभयो ।
यसै क्रममा कम्पनीका हेड अफ अपरेशन (भेस्पा÷अप्रिलिया) विजय महतोल नेपालमा आक्रमक ढंगले यसको बजार बिस्तार गदै लगिएको बताउनुभयो । हाल २२ वटा बिभिन्न शाखा तथा डिलरहरु मार्फत बिक्री बितरण गरिरहेको बताउदै उहाँले आगामी ६ महिनामै थप १० वटा नयाँ सहरहरुमा आफ्नो शाखा तथा डिलरहरुको संजाल बिस्तार गर्ने जानकारी दिनुभयो ।