गोकुलगंगा गाउँपालिकामा ८० प्रतिशत विकास बजेट खर्च



२४ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा चालु आर्थिक बर्षको अहिलेसम्म ८० प्रतिशत विकास बजेट खर्च भएको छ । विकास निर्माणको योजना सन्तोषजनक ढंगले अगाडि बढेको गाउँपालिकाले बताएको छ ।

गोकुलंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले विकासको काम चित्त बुझ्दो भएको बताए । गाउँपालिकाले बनाएको योजना अनुसार नै काम भइरहेको बताउदै लक्ष्य अनुसारकै खर्च भएको रामेछाप न्युजलाई बताए ।

चालु बर्षको लागि गाउँपालिकाले ३४ करोड ५० लाख बजेट बनाएको थियो । अध्यक्ष सुनुवारले भने,‘८० प्रतिशत विकास योजनाको भुक्तानी भएको छ, बाँकी योजनाको काम पनि धमाधम भइरहेको छ, यस बर्ष विकास बजेटको ९५ प्रतिशत बजेट खर्च हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्