आइतबार फेरि सार्वजनिक बिदा




२४ जेठ, काठमाडौं ।
सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार अर्थात जेठ २६ गते काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्