रामेछाप कांग्रेसलाई प्रवक्ता शर्माको निर्देशनः गुट होइन पार्टी बोकेर संगठन बनाउन लाग्नुहोस



२५जेठ, रामेछाप ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संगठन निर्माणमा लाग्न रामेछापका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले अधिवेशनको बेला पक्ष विपक्ष भएपनि पार्टी निर्माणको क्रममा एकताबद्ध भएर लाग्न निर्देशन दिएका हुन् ।

दोलखाबाट काठमाडौं फर्कने क्रममा जिल्ला कार्यसमिति रामेछापले शुक्रवार साझ मन्थलीमा
आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै प्रवक्ता शर्माले एउटा निर्वाचनमा पराजित भएपनि अर्को निर्वाचनमा राम्रो परिणाम ल्याउन सकिने बताए ।

उनले भने,‘पार्टीले सञ्चालन गरेको पहिलो चरणको जागरण अभियान पहिलो टयाबलेट हो, एक सय वटा खाएपछि रोग निको हुन्छ, एउटा निर्वाचन हार्दैमा निराश हुनु पर्ने अवस्था छैन् ।’


जागरण अभियानले नेता र कार्यकर्तामा उत्साह ल्याएको उल्लेख गर्दै उनले एक पटक चुनाव हार्दैनमा पार्टीलाई ठूलो असर नपरेको बताए । अभियानले चोक र चौतारोमा बसेर टिकाटिप्पणी गर्ने भन्दा कार्यकर्ताको गुनासो सन्नको लागि टोलटोलमा कांग्रेस पुगेको बताउदै प्रवक्ता शर्माले आफ्नो थातथलोमा पुग्दा सकारात्मक सन्देश प्रवाह भएको बताए ।

आकास्मिक रुपमा भएको कार्यक्रममा कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, सचिव लेखबहादुर कार्की, नेविसंघ, तरुण दल महिला संघ लगायतका पदाधिकारी एवं नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्