रामेछापका ५० व्यवसायी जति बेला पनि जेल जान सक्ने



२५ जेठ, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित पचास जना भन्दा बढी व्यावसायीले राखेको ढक तराजु अवैध रहेको पाइएको छ । गुणतस्तर तथा नाप तौल कार्यालयबाट प्रमाणित नगरी मन्थलीका पचास भन्दा बढी व्यवसायीहरुले ढक तराजु सञ्चालन गरेको खुलेको हो ।

गुणतस्तर तथा नाप तौल विभागको नियम अनुसार सुन व्यवसायीले प्रयोग गर्ने नाप तौल उपकरण एक बर्षमामा नविरण गर्नुपर्छ । त्यसगैगरी किनारा पसल र हाडर्वयर व्यवसायीले दुई बर्षमा आफूले खरिद गरेको ढक तराजु नविकरण गर्नुपर्छ । तर व्यवसायीहरुले कानुन विपरीत ढक तराजु सञ्चालन गर्दा उपभोक्ता ठगिने त्रास मन्थलीमा बढेको छ ।

गुणस्तर तथा नाप तौल कार्यालय जकपुरका सहायक निरीक्षक विरेन्द्र उपाध्यायले नाप तौल उपकरण प्रमाणित गर्ने क्रममा मन्थलीका पचास भन्दा बढी व्यवसायीले सञ्चलन गरेको ढक तराजु अवैध भेटिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘गत भदौबाट आएको नयाँ नियममा व्यवसायीले ढक तराजु खरिद गरेको ३५ दिनभित्र नाप तौल कार्यालयबाट प्रमाणित गरेर मात्र सञ्चालन गर्नुपर्छ भन्ने व्यवस्था भएको छ ।’

तर ३५ दिन भन्दा पनि बढी समय वितिसक्दा समेत व्यवसायीहरुले ढक तराजुलको प्रमाणित गराएका छैनन् । नियम विपरीत ढक तराजु सञ्चालन गर्ने व्यवसायीलाई दस हजार जरिवाना र एक बर्ष जेल सजाय हुने नियममा उल्लेख गरिएको छ ।

सरकारले नयाँ नियमको केही बुँदा सच्याउन उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघले उद्योग मन्त्रालयको ध्यानाकर्षण गराउदै आएका छन् । उपाध्यायले ढक तराजु जाँच गरेको मिति, सिरियल नम्बर, मोडल नम्बर, प्रमाणित अवधि सहितको स्ट्रिकर टाँस्ने गरेको र समय सकिएपछि पुनः नविकरण गर्नुपर्ने बताए ।

मन्थलीमा गरिएको नाप तौल उपकरणहरुको प्रमाणपत्र नविरण शिविरमा करिब ९० वटा उपकरणको नाप तौल गरिएको थियो । जस अनुसार पचास भन्दा बढीले उपकरण खरिद गरेर पनि नाप तौल कार्यालयबाट प्रमाणित नगरि सञ्चालन गरिएको पाइएको उपाध्यायले जानकारी दिए । उपाध्यायले रामेछाप न्युजसँग भने,‘अवैध उपकरण प्रयोग नगर्न व्यवसायीलाई दिर्नेशन दिएका छौ, चलाउन मिल्दैन, सञ्चालन गरे अब नियम अनुसार कारवाही हुन्छ ।’

रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले व्यवसायीले कानुन मान्दिन भन्न नमिल्ने बताउदै कानुनमा भएको केही त्रुटी भने सच्याउन आवश्यक रहेको बताए । सच्याउन पर्ने विषय संशोधन गर्न उद्योग वाणिज्य संघ रामेछापले प्रदेश र केन्द्र सरकारलाई पठाइसकेको बताउदै उनले व्यवसायीले व्यवसाय दर्ता गरेर करको दायरामा आएपछि कानुन लगाएर तर्साउने काम गर्न नहुने उनले बताए ।

सेवा लिने कार्यालय नहुँदा निकै सास्ती पर्दै आएको बताउदै अध्यक्ष थापाले भने,‘व्यवसायीले राज्यलाई कर तिरेपछि ढक तराजु प्रमाणिकरण र अनुगमन गर्ने व्यवस्था पनि जिल्लामा नै हुनुपर्छ ।’ उनले उपभोक्तालाई पनि ढक तराजु प्रमाणिकर भएको छ कि छैन हेरेर मात्र उपभोग्य वस्तु खरिद गर्न आग्रह गरे ।
रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नवीन केसीका अनुसार रामेछाप उद्योग वाणिज्य संघमा मात्र हाल १३ सय भन्दा बढी व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्