कम्युनिष्ट फुटदा कांग्रेस बलियो हुन्छः कान्छाराम



२५ जेठ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले रामेछापमा पार्टी सभापतिले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा पार्टी कमजोर भएको आरोप लगाएका छन् ।

शनिवार पार्टीको जागरण अभियानको समापन कार्यक्रमलाई मन्थलीमा सम्बोधन गर्दै उनले जिल्ला पार्टी सभापति र दुई क्षत्रिय सभापतिहरु सक्रिय नहुँदा पार्टी कमजोर भएको आरोप लगाएका हुन् । गत निर्वाचनमा कांंग्रेस रामेछापबाट प्रतिनिधिसभा सदस्यको उम्मेवारमा पराजित भएका कान्छारामले निर्वाचनमा हारेको झोक पार्टी सभापति र दुई क्षत्रिय सभापति माथि पोखेका छन् ।

उनले पार्टी निर्माणमा जिल्लाको आठ वटै स्थानीय तहका नेता कार्यकर्ताहरु एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिदै गुटबन्दी गन्तव्य गरेर जादा पार्टी बलियो हुने बताए । उनले कम्युनिष्टहरु विभाजित हुँदा मात्र कांग्रेस बलियो भएर जान सक्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्