गुम्देलले जित्यो ५१ हजारको उपाधी



विष्णु खड्का
२६ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा आयोजना गरेको भलिवल प्रतियोगीताको उपाधी गुम्देले हात पारेको छ । गाउँपालिका–३ कुबुकास्थलीमा आयोजित भलिभल प्रतियोगिताको उपाधी वडा नम्बर १ गुम्देलले जितेको हो ।

शनिबार सम्पन्न प्रतियोगितामा गुम्देल प्रथम, वडा नम्बर २ बाम्तीभण्डार द्वितिय, वडा नम्बर ३ कुबुकास्थली तृतिय भएका हुन् । प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश, ५१ हजार १ सय ५१, ३१ हजार १ सय ३१ र २१ हजार १ सय २१ रुपैयाँको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता खेलकुद कार्यसमिति उमाकुण्ड–३ को आयोजना सम्पन्न प्रतियोगीतामा विजयी टिमलाई उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीको पुरस्कार वितरण गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्