मन्त्री महासेठ चढेको गाडी दुर्घटनाः मन्त्री भने सकुशल



२७ जेठ, स्याङजा ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुनचौपारी गाउँपालिका–३ घट्टेको रह दरौँ खोलामा आज दुर्घटनामा परको छ । गाडी खोला तर्ने क्रममा दुर्घटनामा परेपछि मन्त्री महासेठ भने सकुशल छन् ।


अर्जुनचौपारी गाउँपालिकास्थित शहरे खोला पुलको शिलान्यास गरेर फर्कने क्रममा मन्त्री महासेठ सवार बा२झ ४०२९ नं को गाडी चिप्लिएर खोलामा आधा डुबेको थियो । गाडीबाट सुरक्षाकर्मीको सहायतामा मन्त्री महासेठलाई सकुशल बाहिर निकालिएको थियो ।

गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको प्रहरी नायब उपरीक्षक नविकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार खोलामा पानीको मात्रा बढी भएका कारण मन्त्री सवार गाडी आधा डुबेको हो ।

प्रतिक्रिया दिनुहोस्