रामेछापमा मिनिट्रकको ठक्करबाट एक जना गम्भिर घाईते



राजन महतारा क्षेत्री

२८ जेठ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ भंगरीमा मिनिट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते भएका छन । आज विहान मन्थली रामेछाप सडक खण्ड अन्तर्गत भंगेरीमा मन्थलीबाट रामेछाप बजारतर्फ आउँदै गरेको ६१—०—६०० नम्बरको नेपाल सि आर एस कम्पनीको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ३५१६ नम्बरको मिनिट्रक एक आपसमा ठक्कर खाएको थियो ।

मिनिट्रकको ठक्करबाट रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का वर्ष २९ का भुवन थापा गम्भिर घाईते भएका छन । घाईते थापाको खुट्टामा गहिरो चोट लागेको छ । उनको उपचार जिल्ला अस्पताल रामेछापमा हुन नसकेपछि थप उपचारको लागी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यलय रामेछापका ईन्सपेक्टर रवि भुषण यादवले जानकारी दिए ।

उनका अनुसार मोटरसाईकललाई ठक्कर दिने मिनिट्रकका चालक प्रहरी चौकी रामेछापडाँडाको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्