मन्थली नगरपालिकाका नगर प्रमुख वस्नेतलाई जापानबाट बुढाथोकीको खुल्ला पत्र



२८ जेठ, रामेछाप ।
मन्थली गरपालिकाभित्र आधुनिक सभा हल र तीन वटा स्वीमिङ निर्माण गर्ने विषयले निकै चर्चा पाएको छ ।

स्थानीयले नगरपालिकाको साथै आन्तरिक एवं बाह्य पर्यटकहरु मन्थलीमा आउने स्वीमिङ पुल आकर्षक गन्तव्य हुने बताइरहेका बेला मन्थली नगरपालिकाका केही स्थानीयले भने खानेपानीको समस्या समाधान गर्न छोडेर महोत्वकांक्षी योजना अगाडि बढाएको भन्दै विमती जनाएका छन् ।

मन्थली नगरपालिका निवासी हाल जापानमा कार्यरत प्रकाश बुढाथोकीले मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेतलाई खुल्ला पत्र लेखेर यस्तो ध्यानाकर्षण गरेका छन् ।

मेयर साब नमस्कार,
केहि दिन अघि स्थानीय समाचारमा मन्थली नं पा भित्र करौडौको लगानीमा सुबिधा सम्पन्न पौडी पोखरी बन्ने समाचार पढ्न पॉए कताकता मनमा शीतलता पनि छायो। फेरि त्यहि नगरपालिकाभित्र भित्र बर्षौदेखि पानी चोरी हुने डरले चाबी लगाउने गरेको भन्ने समाचार पढेपछि मन दुःखी भयो। मेयरसाब हजुरलाई धेरैले विकासप्रेमी भनेर चिन्दछन। तपाई स्थानियस्तरमा र जिल्लामा चिरपरिचित नाम र अनुहार पनि हो
मेयर साब तपाई नगरपालिकात्रिका वडा सररररर नियाल्नुस त ? दैनिक ट्याक्टरमा बोकेर पानी किनबेच भैराखेको छ । अधिकांस ठॉउमा तामाकोशीबाट लिफ्ट सिस्टममा पानी तान्ने काम पनि भाराखेको छ।कतिपय योजनाहरु बजेट अभावमा स्थगित र अलपत्र परेका छन ।

सर्वसाधारणको गाग्री रित्तिएका छन, ऑत सुकेको छ। मेयर साब यो समयमा पौडी पोखरी या गाग्रीमा पानी कुन पहिलो प्राथमिकतामा पर्छ हजुर नै छुट्याईस्योस । जहॉ जे कुराको आवश्यक छ त्यो निर्माण गर्नुपर्छ । समय ठॉउ अनुसार हरेक कुराको माग पनि फरक हुने गर्दछन् ।

करौडौ ख़र्च केही व्यक्ति विशेष लक्षित गरेर पौडी पोखरीमा ढुकुटी खन्याउनु कति उपयुक्त होला त मेयर साब ? हजुरले उठ्ने बितिक्कै दैनिक नियालिरहुनु भएको छ आकाशे गडवारी होस या मन्थलीका अधिकांस उर्बर भूमि सिंचाईको अभावमा ज़मीन चिराचिरा परेको छन। किसानहरु हातमुख जोर्ने चिन्ताले चिन्तित छन। पारी हेर्नुस त बडिमानतिर खानेपानीको अभावमा सबै बस्ती नदि छेउमा अस्थायी बसोबास गरिरहेका छन। अव यता आउनुस भलुवाजोर कुभिण्डे बेतिनी तिर बर्षौ भयो पानीको अभाव झेलेको केही योजना फटाहाहरुले अलपत्र पारेर छाडेका छन।

जनतालाई काकाकुलको अवस्था सिर्जना गर्नेको ढाँड भॉच्नुहोस न मेयर साब।सिम्पानी तिरको भो कुरै नगरौ पानी चोरी हुने डरले धारामा बर्षौ भयो चाबी लागेको मेयरसाब भटौलीको कथा त्यस्तै छ।टोलटोलमा पानीको मुहान सुकेर बस्ती बिस्थापित भैसके १ गाग्री पानी लिन फाटेको चप्पलले घण्टौ हिड्नुपर्छ। फेरि सजिलै भर्न कहॉ पाइन्छ र ? चारैतिर यस्तो दयनीय अबस्था छ ।यो समयमा पौडी पोखरीको कति आवश्यकता होला त मेयर साब ? कति घरपरिवार समाज टोल यो पौडी पोखरीबाट लाभान्वित हुन्छन त मेयर साब ? केही धनाड्य गर्मी छल्न रमाईलो गर्न त आउलान त्यो आफ्नै ठॉउमा छ । जो खानेपानीकै अभावमा तिर्खाएर छट्पटाएर बसेको त्यता नियाल्नुस मेयरसाब ।

प्रकाश बुढाथोकी
मन्थली रामेछाप
हाल जापान, टोकीयोबाट

प्रतिक्रिया दिनुहोस्