रामेछापमा बस दुर्घटनाः २ जनाको निधन, १४ घाइते (नामावलीसहित)



३१ जेठ, रामेछाप । रामेछापमा बस दुर्घटना भएको छ । दोरम्बा गाउँपालिका वडा नम्बर ६ भष्मेडाडाँमा बस दुर्घटना हुँदा २ जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् ।
कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उदय बहादुर गौतमको ज्यान गएको दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले जानकारी दिए । उनीहरुको धुलीखेलस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरु सबैको अहिले धुलीखेलस्थित स्पतालमा उपचार भइरहेको छ ।
बसमा स्वास्थ्य शिविर सञ्चालनका लागि आएको गजुरेलले जानकारी दिए । बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, बसका चालक र सहचालक बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्