काठमाडौंमा श्रंखलाबद्ध बम विस्फोट घटनाः रामेछापका श्रेष्ठको मृत्यु



३२ जेठ, काठमाडौं ।
तीन साता अघि काठमाडौंमा भएको श्रंखलाबद्ध बम विस्फोटमा परी घाइते भएका रामेछापका श्रेष्ठको निधन भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गत जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी आफ्ै घाइते भएका थिए । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो । बम विस्फोटको घटना भएको २४ घण्टा नबित्दै ४ जनाको ज्यान गएको थियो । श्रेष्ठको निधनसँगै
मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
नेपाल प्रहरीका प्रवक्ता विश्व पोखरेले विप्लव नेतृत्वको कार्यकर्ता श्रेष्ठको निधन भएको बताए । बम विस्फोटमा ज्यान गुमाउनेहरुमा परी नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर थिए । श्रेष्ठ पनि विप्लव कार्यकर्ता हुन् ।

चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो । बम विस्फोटको घटना भएको २४ घण्टा नबित्दै ४ जनाको ज्यान गएको थियो । श्रेष्ठको निधनसँगै
मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
नेपाल प्रहरीका प्रवक्ता विश्व पोखरेले विप्लव नेतृत्वको कार्यकर्ता श्रेष्ठको निधन भएको बताए । बम विस्फोटमा ज्यान गुमाउनेहरुमा परी नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर थिए । श्रेष्ठ पनि विप्लव कार्यकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्