दोरम्बा गाउँपालिकाका नेकपाका कार्यकर्ता कांग्रेस प्रवेश



१ असार, काठमाडौं ।
पार्टी एकीकरण भएको एक बर्ष वितिसक्दा समेत जिम्मेवारी नपाएको भन्दै रामेछाप दोरम्बा गाउँपालिका वडा नम्बर ३ र ४ का नेकपाका कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् । दोरम्बा गाउँपालिकाको टोकरपुर र गोश्वाराका पाँच दर्जन भन्दा बढी नेकपा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।


कांग्रेसका महामन्त्री डां शशाङक कोइरालाले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा कांग्रेस रामेछाप पार्टी सभापती लवश्री न्यौपाने, पूर्व पार्टी सभापती रामचन्द्र खड्का, उपसभापती जितेन्द्र कुमार मोक्तान लगायतको सहभागीता रहेको थियो ।

नेकपा परित्याग गरि दिलिप बहादुर थापामगर, कमल थापामागर, पदम बहादुर श्रेष्ठ लगायतका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्