रामेछापकी युवती समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला



३ असार, काठमाडौं ।
काठमाडौंको बौद्धस्थित समता अस्पतालमा एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छिन् । रामेछाप दोरम्बा गाउँपालिका दोरम्बा घर भएकी २७ वर्षीय बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र पन्थलीले अस्पतालको शौचालय नजिकैको स्थानमा झुन्डिएको अवस्थामा फेला परेको बताए । उनका अनुसार सलको पासो बनाएर झुन्डिएको फेला परेको र घटनाको थप अनुसन्धान भइरहेको छ ।

मृतक तामाङ अस्पतालकी कर्मचारी समेत हुन् । उनी अस्पतालमा क्लिनरको रुपमा काम गर्दै आएको अनुसन्धानमा खुल्न आएको डिएसपी पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्