बिमला तामाङ शंकास्पद मृत्युु प्रकरणः सञ्चालक सञ्जेल सहित चार पक्राउ



३ असार, काठमाडौं ।
समता अस्पताल परिसरभित्र रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेको विषयलाई लिएर प्रहरीले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

समता अस्पताल भित्रै झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको ’चिट’लाई आधार बनाउँदै प्रहरीले सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित चार जनालाई नियन्त्रणमा लिएको हो । सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल ’सुसाइड नोट’का आधारमा परेका हुन् । उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अफिसका कर्मचारीलाई प्रहरीले समातेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । घटना शंकास्पद भएको भन्दै मृतक बिमलाका आफन्तले दिनभर प्रदर्शन गरेका थिए ।
सञ्जेल दम्पतीलाई नियन्त्रणमा लिएपछि तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्